समाचार

बिम्स्टेकका राष्ट्राध्यक्ष र सरकार प्रमुखको स्वागत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत गरेका छन् ।

आजदेखि राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सिलसिलामा सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख काठमाडौँमा अवतरण गरे सन्दर्भमा उनीहरूलाई ट्वीटमार्फत प्रधानमन्त्रीले हार्दिक स्वागत गरे ।

प्रधानमन्त्री ओलीले बिम्स्टेकलाई शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध क्षेत्र बनाउन शिखर सम्मेलनबाट उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।