खेलकुद

राखेप बार्षिकोत्सव सप्ताह सुरु

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषदको ५५औं बार्षिकोत्सवको अवसरमा बिविध कार्यक्रम सहित बार्षिकोत्सव सप्ताह बुधबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले बार्षिकोत्सव प्रत्येक साल भाद्र १३ गते बाट एक हप्ता मनाउने गरेको छ ।

एक कार्यक्रमबिच राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव उपेन्द्र पौडेल र सदस्य गंगाबहादुर थापा मगरले संयुक्त रुपमा बेलुन उडाएर सप्ताहको उद्घाटन गरे ।

सप्ताह अन्तरगत कर्मचारीहरुकाविच म्युजिकल चेयर, ब्याडमिन्टन र टेबल टेनिस पुरुष/महिला युगल तथा तान डोरी प्रतियोगिताको आयोजना गरिने भएको छ ।

बुधबारनै सम्पन्न भएको म्युजिकल चेयरमा पुरुष तर्फ नारायणहरि थापा प्रथम भएका छन् । दोश्रो स्थानमा पासाङ्ग फिन्जि शेर्पा, तेश्रो स्थानमा सुनिल दाहाल, चौथो स्थानमा दूर्गाबहादुर थापा र पाँचौ स्थानमा फणिन्द्र पछाई रहे । यस्तै महिला तर्फ पहिलो स्थानमा शकुन्तला नगरकोटी, दोश्रो स्थानमा माया कार्की, तृतिय स्थानमा रश्मी शाक्य, चौथो स्थानमा रिता पाण्डे तथा पाँचौ स्थानमा पवित्रा पराजुली रहेका छन् ।