राजनीति

पार्टी बलियो बनाउन कार्यकर्ता र जनतासंग काँग्रेसले माग्यो सार्बजनिक सुझाब

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन मस्यौदा समितिको बैठक समितिका संयोजक पार्टी महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको छ । पूर्बगृहमन्त्री समेत रहेका महामन्त्री खड्काको अध्यक्षतामा बसेको आजको बैंकले देशभरका मुलुकप्रति चिन्तित पार्टी कार्यकर्ता तथा सरोकारवालाहरुसंग काँग्रेसलाई शसक्त बनाउन पार्टीले खेल्नुपर्ने भूमिकाका बिषयमा सललाह दिन सबैलाई आह्वान सकेत गरिएको छ । उक्त आह्वानमा भनिएको छ ।

‘नेपालको संविधान, राजनीतिक दल सम्बन्धि ऐन, प्रचलित कानून तथा नयाँ संघीय व्यवस्था अनुसार नेपाली कांग्रेसलाई अझ सशक्त, प्रभावकारी, पारदर्शी एवं समयानुकुल बनाउन सांगठनिक संरचना लगायतका विषयहरु सम्बन्धमा नेपाली कांग्रेस पार्टीको विधानमा के कस्ता संशोधन र परिमार्जन आवश्यक छ, त्यस सम्बन्धमा नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयको इमेल ठेगाना [email protected] मा २०७५ भाद्र २१ गतेभित्र आ–आफ्नो राय सुझाव पठाई सहयोग गर्नु हुन पार्टीका सदस्यहरु, शुभेच्छुकहरु, मतदाताहरु लगायत इच्छुक सर्वसाधारणहरु सबैमा हार्दिक आह्वान गर्ने ।’