आर्थिक

प्रभु बैंक र आँखा अस्पताल बीच आँखा शिविर सम्झौता, एक हजार लाभान्भीत हुने

काठमाण्डौ । प्रभु बैंकले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भाग र क्षेत्रहरुमा समाजसेवी भावनाउजागर गर्दै विभिन्न समाजपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै आईरहेको छ । यसै क्रममा प्रभु बैंक र काठमाण्डौ, त्रिपुरेवश्वरस्थित नेपाल आँखा अस्पताल विचआँखा शिविर सञ्चालनगर्ने सम्बन्धी एक सम्झौतामा दुवै पक्षकापदाधिकारीहरुबाट हस्ताक्षर भएको छ । आज सम्पन्न आँखाशिविर सञ्चालन सम्बन्धी सम्झौता–पत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल आँखा अस्पतालको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले एक समारोहका विच हस्ताक्षर गरेका छन् ।

आज सम्पन्न सम्झौता अनुसार प्रभु बैंकको आर्थिक सहयोगमा नेपाल आँखा अस्पतालसँगको सहकार्यमा भौगोलिक विकटताले पर्याप्त स्वास्थ्य सेवा पुग्न नसकेको ठाँउका आर्थिक रुपले निम्नस्तरका आँखाका विरामीहरुलाई लक्षित गरी आँखा शिविर सञ्चालन गरिने छ । उक्त आँखाशिविर भौगोलिकता तथा मौसम अनुकुलतालाई मध्येनजर गर्दै आगमी २०७५ चैत्र मसान्त भित्र सम्पन्न गरिसक्ने कार्यक्रम रहेको छ । उक्त आँखाशिविरमा सहभागिता जनाइ सम्बन्धित क्षेत्रका सर्वसाधारणहरुले आँखाजाँच गराउनुका साथै, आँखाका जटिल विरामीहरुले पनि सफल उपचार गराउन सक्नेछन् । पहिलो चरणमा काठमाण्डौ, ललितपुर, काभे्र र धादिङ्ग जिल्लाका विकट ठाउँमा सञ्चालनगरिने उक्त आँखाशिविरमा लगभग १,००० जना आँखाका विरामीहरुको सफल उपचार गरिने लक्ष्य रहेको छ । बैंकको आप्mनो सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालनगर्न लागिरहेको यस आँखाशिविरबाट सम्बन्धित क्षेत्रका सर्वसाधारण एवंभौ गोलिक विकटता तथा विपन्न आयस्तरका कारण लामो समय देखि उपचार नपाईरहेका व्यक्तिहरुले समेत अति संवेदनशील आँखारोगको सफलउपचार गराई लाभान्वित हुन सक्नेछन् भन्ने बैंकले विश्वाश लिएको छ ।