खेलकुद

नेपाल ओमानसँग पराजित

काठमाडौँ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । ओमानका लागि खवार अलीले अविजित ८४ रन बनाए । उनले ९६ बल खेल्दै ४ छक्का र ६ चौका हाने । कप्तान जीसन मक्सुदले अविजित ४५, भैभव वाटेगोन्करले ४१ तथा जतिन्दर सिंहले ३० रनको योगदान दिए ।

बलिङतर्फ कप्तान पारस खड्का एक विकेट लिए । त्यसअघि टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो । सागर पुनले ८३ रन बनाए । ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ तथा करण केसीले अविजित २६ रन बनाए । ओमानका विलाल खान, मोहम्मद नदिम र अजय लालचेताले दुई/दुई विकेट लिए ।

आजै सम्पन्न अर्को खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले सिङ्गापुरलाई २१५ रनले पराजित ग¥यो । प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमान, युएई, सिङ्गापुर र हङ्कङ सहभागी छन् । प्रतियोगिताको उत्कृष्ट टोलीले यही भदौ ३० गतेदेखि युएईमा हुने एशिया कपमा खेल्नेछ ।