प्रदेश 2

बाढी र अग्निपीडितलाई राहत

राजविराज । सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिकाको बाढी पीडितलाई राहत वितरण गरिएको छ । हनुमाननगर कङ्कालनी नगरपालिकाले उपल्बध गराइएको चिउरा, दालमोठ र पानी बाढीपीडित परिवारलाई वितरण गरेको नगर प्रमुख शैलेशकुमार साहले जानकारी दिए।

सप्तकोशी नदीमा पानीको बहाव बढे्पछि सोमबारराति सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका पाँच सय घरपरिवार भन्दाबढीमा करीब दुई फिटसम्म पानी पसेको थियो । यसरी बाढीमा परेकालाई उच्च बाँधमा सुरक्षित साथ बस्ने व्यवस्था मिलाइएको सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा गएको दैवी प्रकोप उद्धार समितिले उक्त राहत वितरण गरिएको थियो । यसैगरी धर्मी हल्फा महिला विकास क्लबले अग्निपीडितलाई राहत वितरण गरेको छ । सप्तरीको तिरहुत गाउँपालिका– ५ लोहजरा गाउँका दुई विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

कल्बका अध्यक्ष एवं समाजसेवी इञ्जिनीयर सूर्यनारायण यादवले अग्नीपीडित रघुनाथ मण्डल खत्वे र शिवनारायण मण्डल खत्वेका परिवारलाई राहतस्वरुप त्रिपाल, झुल, साडी, धोती, बेटसिट, थाल, गिलास, कराही, डेक्ची, पञ्यु र खाद्यान लगायतका सामाग्री मङ्गलबार वितरण गरेको धर्मी हल्फा महिला विकास क्लबले जनाइएको छ ।

गत भदौ ३ गते आगलागी हुँदा खत्वे परिवारको रु चार लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको थियो ।