विचार/ब्लग

नेबिसंघ भताभुङ्ग हुनुमा हामी कहाँनेर चुक्यौं भन्ने समीक्षा गर्नु जरुरी

तारक प्रतिभा/काठमाडौं । नेपाल विद्यार्थी संघको बाह्रौँ महाधिवेशन आउन करिब तिन महिनामात्र बाँकी छ । वाम धु्रविकरणको चुनौति र प्रहारका बाबजुद नेविसंघ अगाढी बढीरहेको बेला निर्धारित समयमै सम्पन्न हुनुपर्ने महाधिवेशन अनिश्चय र संसयको भुमरिभित्र किन अल्मलियो सवैले गहन चासो र चिन्तनका साथ सोच्नुपर्ने बेला आईसकेको छ ।

महाधिवेशन आउन निकै छोटो समयमात्र बाँकी हुँदापनि केन्द्रीय समिति भित्रबाटै महाधिवेशन पर धकेल्ने खेल हुनु दुखःद् हो । यसका साथसाथै एघारौं महाधिवेशनबाट केन्द्रीय समितिमा समावेश हुन नसक्नुभएका नेताहरुको व्यवस्थापन गर्ने अभिप्रायले महाधिबेशन प्रभावित गर्ने खेलहरु भईरहेकोतर्फ आम नेविसंघलाई माया गर्नुहुने विद्यार्थी तथा नेविसंघलाई माया गर्नुहुने अभिभावकहरु लाग्न जरुरी छ ।

नेबिसंघको सांगठनिक गतिविधिलाई गति दिन, योजना र दृष्टिकोण सहित नेतृत्वलाई सहयोग गर्नका लागि नेविसंघलाई विद्यार्थी आन्दोलनमात्र होइन, मुलुक र जनताको आवाजको सारथी बनाउन, संगठनलाई गतिहीन र दिशाहीन झुण्डहरुको कोठरीबाट बाहिर निकाल्न र जीवन्त बनाउनका खातिर तपाई हामी सचेत युवा लोकतन्त्रवादी विद्यार्थीहरु एकपटक सोच्न र गम्भीर ढंगले लाग्न जरुरी भईसकेको छ । नेपालको शैक्षिक, सामाजिक र राजनैतिक जागरणको नेतृत्वकर्ता संगठन आज आफैभित्र आपनै समस्या र पारिवारीक उल्झनमा रुमल्लिनु लोकतन्त्रमा आस्था राखेर बाँच्न चाहनेहरुका लागी दुःखद कुरा हो ।

एउटा बाहना लगाएर उद्घाटनको अघिल्लो दिनमात्र महाधिवेशन स्थगित गरीएका उदाहरण हामीसंग ताजै छन् । त्यसैलाई मध्यनजर गर्दै नेबिसंघका आवश्यक नीतिगत, राजनैतिक, प्राविधिक र व्यवस्थापकीय कार्यहरु तीव्रताका साथ सम्पन्न गर्नेतर्फ अँझै सम्वेदनशीलता र जिम्मेवारीबोधका साथ नेबिसंघको नेतृत्व लाग्नुपर्ने हो त्यो अहिलेसम्म देखिएको छैन । महाधिवेशनका आन्तरिक तयारीहरुलाई हेर्दा वर्तमान केन्द्रीय समिति दृढ इच्छाशक्ति, जिम्मेवारी र तयारीमा नलाग्नुले अधिवेशन तोकिएकै मितिमा हुनेमा पुन आसंकाहरु भने बढेका छन् । अर्कोतर्फ केन्द्रीय समितिकै जिम्मेवार पदाधिकारी सहितको ठुलो हिस्सा महाधिवेशन भाड्ने खेलमा लाग्नुले महाधिवेशनलाई थप अनिश्चित बनाएको स्पष्ट हुन जरुरी छ ।

जे जस्तो भएपनि मातृ पार्टी काँग्रेस निर्बाचनहारपछि आन्तरिक समस्यामा गुज्रिरहेका बेला सम्पन्न हुनलागेको बाह्रौँ महाधिवेशनले काँग्रेसका युवा विद्यार्थीहरुमाँझ नयाँ उर्जा थपेको छ तर कम्तिमा पनि ६ महिना अगाढी देखी नै आवश्यक तयारीका कामहरु अगाढी नबढ्दा अस्तव्यस्त बनेको नेविसंघले आफ्नो अधिवेशन कुन रुपमा सम्पन्न गर्छ यो कुरा भने आम चासो र सरोकारको बिषय बनेको छ ।

यद्यपी दुईबर्षे कार्यकाल भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउने राष्ट्रिय रणनैतिक प्रशिक्षण कार्यक्रम २०७४ आश्विन ३१ को निर्णय कार्यान्वयन गराउन अध्यक्ष नैनसिंह महरलाई उनकै नजिकका रहेकाहरुले कति बिद्यार्थी नेताहरुले सहयोग गर्छन् नेविसंघवृतमा यो सरोकारको विषय अवश्य बनेको छ ।

यसपाली सम्पन्न हुने संघको महाधिवेशनले नेविसंघको शैक्षिक, सामाजिक, राजनैतिक, आर्थीक राजनैतिक दृष्टिकोण, स्पष्ट निति, कार्यक्रम र एजेण्डाहरु अगाढी बढाउन र कार्यान्वयनका लागी राज्यलाई निरन्तर दबाव सृर्जना गर्ने खालका कार्यक्रमहरु अगाढी बढाउनुपर्ने कुरालाई प्रमुखताका साथ उठान गर्नु जरुरी छ । जसले राज्यलाई पनि विद्यार्थी स्तरबाट आएका रचनात्मक कामहरु अँगाल्न र कार्यान्वयन गर्न दबाव सृर्जना गर्न सकोस ।

तर दुई बर्षको अवधिमा क्याम्पस, विश्वविद्यालय, क्षेत्र प्रदेश र जिल्ला अधिवेशन, सम्मेलन, प्रशिक्षण र बिचारमुलक कार्यक्रमहरु कति सम्पन्न गर्यौँ कति सम्पन्न गर्न बाँकी रहे यो कुरा नै महाधिवेशनको प्रस्थानबिन्दु हो । आम जनता र कार्यकर्ताहरुको बिचमा गएर रचनात्मक ढंगले खुल्ला छाती बनाएर हामी भित्रका अस्तव्यस्ता, अन्यौलता र अराजकतालाई समय समयमा आत्मा समीक्षा र मुल्यांकन गयौं की गरेनौ आफुलाई अद्यावधिक र अभिलेखीकरण गर्ने र चुस्त दुरुस्त रुपमा आफ्ना नीति तथा कार्यक्रमहरुलाई जनजीवीका र जनताको जीवनस्तरसंग जोडेर समाजवादी नीति तथा कार्यक्रमहरुलाई अगाडी बढाउने सारथीको रुपमा मातहतका निकायलाई अगाढी बढाउने र जीवन्तता दिने सन्र्दभमा सोच्यांै की सोचेनौ प्रश्न आफैले आफैंलाई गर्नेवेला भएको छ ।
अन्यथा विगत झै ६० र ४० को भागबण्डा र भातृ संस्थाहरुलाई नेताहरुको जुंगाको लडाई लड्ने मैदान मात्र बनाएर यथास्थितिमै हराउने मनोरोगबाट मुक्त नहुने हो भने नेविसंघ र काँग्रेस भन्दै जुँगा दाह्री फुलाएका विद्यार्थी नेता र कार्यकर्ताहरुलाई आवेग होईन विवेक सम्मतढंगबाट आफ्नो कुशल नेतृत्वमात्र होईन कुशल नीति र संगठन बनाउन सक्ने सक्षम, इमान्दार र जुझारु संगठनको रुपमा स्थापित गर्ने तर्फ काँग्रेस नेतृत्वले मार्ग प्रशस्त गरिदिन जरुरी छ ।
यसका लागि दृढ इच्छाशक्ति, काम गर्न सक्ने, योजना र योजनालाई कार्यान्वयन गर्न सक्ने मुल नेतृत्व चयन गर्नु सबै प्रतिनिधिहरुको कर्तव्य हो । साथै आगामी महाधिवेशनले केवल दुई चार जनालाई नेतृत्वमा स्थापित गर्ने काम मात्र गर्न हुदैन नीति पनि कुशल र असल बनाउनुपर्दछ, भ्रष्टीकरणको बाटोमा लिप्त विद्यार्थी राजनीतिलाई नै पाठ सिकाउने र आम रुपमा सवैको आशा र विश्वासको अग्र भागको विद्यार्थी संगठनको रुपमा नेविसंघलाई स्थापित गर्ने र भव्य एंव सभ्य ढंगले विगतमा कांग्रेस र उसका संगठनका नेता कार्यकर्ताहरुमाथी लाग्ने गरेका आरोपहरुलाई निराधार सावित गर्ने गरी महाधिवेशन सम्पन्न गर्नसक्नुपर्दछ ।

विद्यार्थीमाझ भिजेको, विद्यार्थीहरुकै बिचमा रहेको शिक्षा नीति, शैक्षिक मुद्धा र नेपालको आर्थिक र सामाजिक जागरणको नेतृत्वकर्ता युवा विद्यार्थीहरुको विचार भावनालाई प्रतिनिधित्व गर्न सक्ने युगानुकुल सोच, चिन्तन, व्यबहार भएको नेतृत्व स्थापित गर्न सक्नु पर्दछ । नेविसंघ १२ औँ महाधिवेशनको सम्मुखमा आईरहदा हामी कहाँनेर चुक्यौं र किन बाटो बिरायौ भनेर समिक्षा गर्नु जरुरी भइसकेको छ । नेविसंघको आन्दोलन र भूमिका यतिबेला अत्यन्तै नाजुक अवस्थामा पुगेको छ ।

अर्को शब्दमा भन्दा नेविसंघ यतिवेला जिवनमरणको दोसाँधमा उभिएको छ । जीवनमरणको दोसाँधमा रहेको नेविसंघलाइ पुनःताजगी गराउन, संगठनमा पुनःजागरण दिन, निखारता ल्याउन, नेपालको लोकतान्त्रिक, शैक्षिक र राष्ट्रियताको मुद्दालाई थप उचाइमा पुर्याउन सर्वप्रथम नेविसंघ स्वयं रुपान्तरित हुन जरुरी छ ।

नेबिसंघको सांगठनिक गतिविधिलाई गति दिन, योजना र दृष्टिकोण सहित नेतृत्वलाई सहयोग गर्नका लागि नेविसंघलाई विद्यार्थी आन्दोलनमात्र होइन, मुलुक र जनताको आवाजको सारथी बनाउन, संगठनलाई गतिहीन र दिशाहीन झुण्डहरुको कोठरीबाट बाहिर निकाल्न र जीवन्त बनाउनका खातिर तपाई हामी सचेत युवा लोकतन्त्रवादी विद्यार्थीहरु एकपटक सोच्न र गम्भीर ढंगले लाग्न जरुरी भईसकेको छ । नेपालको शैक्षिक, सामाजिक र राजनैतिक जागरणको नेतृत्वकर्ता संगठन आज आफैभित्र आपनै समस्या र पारिवारीक उल्झनमा रुमल्लिनु लोकतन्त्रमा आस्था राखेर बाँच्न चाहनेहरुका लागी दुःखद कुरा हो ।

पुर्खा र अग्रजहरुको त्याग, निष्ठा, बलिदान र उच्च समर्पणभावको गौरवपुर्ण इतिहास बोकेको एउटा लोकतान्त्रिक संगठनलाई अन्यौलता, अर्कमण्यता र अस्थिरताको बादलभित्र हराई रहनदिनु हाम्रो ठुलो कमजोरी हुनेछ तसर्थ यसबाट मुक्त गर्दै जीवन्त र गतिशिल बनाउन, आन्तरिक रुपमा मजबुत र जिउदो जाग्दो र आशा लाग्दो संगठनको रुपमा नव जीवन दिनका लागि तपाई हामी तरुण युवा विद्यार्थीहरु मन, वचन र कर्मले दृढताका साथ लागिपर्न अबेर भईसकेको छ ।

गौरवपुर्ण बिराशत र इतिहासका कठिन मोडहरुमा पुर्वजहरुले गरेको त्याग, निष्ठा र लगानीलाई सच्चा मनले श्रद्धा त्यतिवेला हुनेछ हामी जतिवेला हाम्रा सवै आन्तरिक समस्याहरु व्यवस्थापन गर्दै नेविसंघलाई मुलुकको आशालाग्दो र भरपर्दो बिद्यार्थी संगठनको रुपमा पुनः स्थापीत गराउन सक्नेछौ । भाद्रमा हुनुपर्ने पार्टीको महासमिति बैठक बर्षायाम, चाडपर्व पर्नु, आवश्यक समय र तयारी नपुग्नु भन्दै मंसिरमा धकेलिया, यो गर्न पनि कााग्रेसले बिधान संसोधन गर्न जरुरी देखिन्छ । पार्टीका माथील्लो तहका नेताहरुकै कारण भातृसंस्थाहरु अस्तबयस्त बनाईएको जस्तै प्रमुख भातृ संस्था नेबिसंघको महाधिवेशन मंसिर २ को समयसीमा कुनै पनि हालतमा सम्पन्न गर्नैपर्ने समय दिनु वर्तमान केन्द्रीय समितिलाई गर या मर भन्नु सिवाय अरु केही हुन नसक्नेमा दुईमत छैन ।
(लेखक प्रतिभा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुन्)