लुम्बिनी

बधशाला र मिटमार्ट निर्माण गरिने

दाङ । तुलसीपुर उपमहानगरपालिकामा चालू आवमा आधुनिक बधशाला र मिटमार्ट निर्माण गरिने भएको छ । रु चार करोडको लागतमा बधशाला र मिटमार्ट निर्माण गरिनेछ ।

सो कार्यका लागि प्रदेश सरकारले रु दुई करोड तथा तुलसीपुर उपमहानगरपालिकाले रु दुई करोड विनियोजन गरेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । बधशाला र मिटमार्ट निर्माणपछि लामो समयसम्म मासु भण्डारण गरेर बिक्री गर्न सकिने छ । बधशाला र मिटमार्ट निर्माणपछि यहाँका बासिन्दाले स्वच्छ मासु खान पाउने छन् ।

यस्तै तुलसीपुर उपमहानगरपालिकाले बसपार्क निर्माण गरिरहेको छ । बसपार्क निर्माणको काम हालसम्म ६० प्रतिशत काम पूरा भएको नगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिए । बसपार्क क्षेत्रलाई व्यवस्थित गर्न तथा अन्य संरचना निर्माण गर्न उपमहानगरपालिकाले रु १० करोड विनियोजन गरेको छ ।