गण्डकी प्रदेश

शान्ति पत्रकारिता पुरस्कार गुरुङलाई

पोखरा । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्दै आएको शान्ति पत्रकारिता पुरस्कार पत्रकार राजबहादुर गुरुङलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा पुरस्कार प्रदानका लागि गठित छनोट समितिले गुरुङलाई सर्वसम्मत चयन गरेको हो ।

पूर्णप्रसाद बराल, मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित गण्डकी प्रदेशस्तरीय २५ हजार ५५५ नगद, सम्मानपत्र प्रदान गरिने उक्त पुरस्कार यही भदौ २२ गते प्रदान गरिने नेपाल प्रेस युनियन कास्कीले जनाएको छ । पत्रकारितामा स्नातक गरेका गुरुङले २०५१ सालदेखि स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा कार्य गर्दै आएका छन्।
विभिन्न सङ्घ संस्थामा आवद्ध गुरुङ युनाइटेड खबर डटकम तथा युनाइटेड दैनिकका प्रधान सम्पादक हुन् ।