प्रदेश 1

महानगरका मेयरद्वारा मृतक सुरक्षागार्डका परिवारलाई रु ५० हजार

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको परिवारले हत्या गरिएका सुरक्षा गार्ड टङ्क भट्टराईको परिवारलाई रु ५० हजार नगद मंगलबार प्रदान गरिएको छ ।

प्रमुख पराजुलीकी आमा तुलसीमाया र श्रीमती रन्जिता पराजुलीले पिडित परिवारलाई भेट गरी उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रमुख पराजुलीले केही दिन अगाडि आफ्नो व्यक्तिगत तलब तथा बैठक भत्ता कटौती गरी मृतकका परिवारलाई राहत उपलब्ध गराउने गरेको घोषणाअनुरुप उक्त रकम प्रदान गरिएको जनाएको छ ।

सुरक्षा गार्डको काम गर्दै आएका भट्टराईको गत भदौ ३ गते विराटनगर–२ स्थित बिक्की हार्डवेवरको पसलभित्र निर्मतापूर्वक हत्या गरिएको थियो ।