काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाहिर हल्ला चलाईजस्तो अथाहा कर नलगाएको बताएका छन् । मंगलबार संघीय संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षीहरुले कर बढाएर जनताको ढाड सेकेको अभिव्यक्ती दिएको भन्दैँ त्यस्तो नभएको बताएका हुन् ।
देश नयाँ संरचनामा गएको भन्दैँ प्रधानमन्त्री ओलीले कुनै स्थानिय तहको कर कहाँ कसरी लगाउने भन्ने अज्ञानताका कारण कर लगाईएको हुनसक्ने बताए । सरकारका विरोधीतत्वहरुले कुखुराको अण्डामा कर लगाएको भनेर कोकोहोलो मच्चाएको सुनियो, प्रधानमन्त्री अोलीले संसदमा भने, सरकारले कुखुराको अण्डामा कर लगायो भन्ने मान्छे बिहानै कुखुराले कति अण्डा दियो भनेर खोरखोरमा हेर्न पुग्छ र ?
सरकारले होलसेल कारोबारमा कर लगाएको र त्यो अधिकार संविधानमा समेत भएको प्रधानमन्त्री ओली भनाई छ ।