मनोरञ्जन

“सुनसान बगरमा” बजारमा (भिडियोसहित)

काठमाडौं । सुमधुर स्वरका धनी गायक तिलक श्रेष्ठको आवाजमा रहेको नयाँ गीत “सुनसान बगरमा” सार्बजनिक भएको छ गायक श्रेष्ठले निकै मेहनतका साथ् बनाउनु भएको यो गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ ।

सार्बजनिक भएको गीतको भिडियो गीत अनुसारको निकै नै पीडादायी तरिकाले म्यूजिक भिडियो पनि निर्माण भएर सार्बजनिक भएको छ ।

गीतमा हरि लम्सालको संगीत अनि एरेन्ज रहेको छ भने पासाङ्ग शेर्पाको शब्द रचना रहेको छ । स्याड भर्सनको यस गीतको म्युजिक भिडियोमा जीवन भट्टराई अनि सम्पाद बानियाँको उत्कृष्ट अभिनय रहेको छ ।

भिडियोमा उत्सब दाहालले छायांकन, निशान घिमिरे सम्पादन अनि प्रकाश धितालको निर्देशन रहेको छ भने अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टको बजार ब्यबस्थापन रहेको छ ।