अन्तर्राष्ट्रिय

राहुल गान्धी बाढी प्रभावित क्षेत्र केरला जाने

नयाँ दिल्ली । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी हालैको मनसुनी वर्षाका कारण आएको बाढीबाट प्रभावित भएको भारतीय राज्य केरलाको भ्रमण गर्ने भएका छन् ।

भारतीय काँग्रेसले प्रेस विज्ञप्ति जारी गरेर सोमबार जानकारी दिएअनुसार उनी मङ्गलबार सो राज्यको भ्रमणमा जान लागेका हुन् । उनी केरला राज्यको राजधानी त्रिवन्तापुरममा मङ्गलबार पुग्नेछन् ।

सो क्षेत्र बाढीाबट बढी नै मात्रामा प्रभावित भएको थियो । अध्यक्ष गान्धी केरलाका बाढी प्रभावित विभिन्न क्षेत्रमा पुग्ने काँग्रेसले जानकारी दिएको छ ।

उनी बुधबारसम्म नै सो राज्यमा बस्नेछन् । उनी आगामी बुधबार यहाँको बाढी प्रभावित अर्को क्षेत्र वेआनन्दमा पुग्ने कार्यक्रम रहेको छ ।

उनले यसअघि केरलाका नागरिकप्रति सद्भाव राखेका थिए । उनले यही अगष्ट २४ मा ट््वीट गर्दै केरलाका नागरिकमा यतिखेर ठूलो जटिल समस्या उत्पन्न भएको बताउनुभएको थियो ।

केरलामा यस मनशुनमा यस सताब्दिकै ठूलो विनाशकारी बाढी आएको छ । सो बाढीमा परी कम्तीमा पनि ३४५ जनाको ज्यान गएको बताइएको छ ।

त्यसैगरी बढीमा परी भौतिक सम्पत्तिको पनि ठूलो क्षति भएको छ । डुबानमा परेका क्षेत्रका हजारौँ नागरिक घरबारबिहीन भएका छन् । -एजेन्सी