गण्डकी प्रदेश

सिंहदरवारले सबै अधिकार आफै राख्यो : मन्त्री लम्साल

पर्वत । गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले सङ्घीयता कार्यान्वयन भएपछि पनि धेरै अधिकार सिंहदरवारमै रहेको बताए । भू तथा जलाधार व्यवस्थापन कार्यालयको आज पर्वतमा उद्घाटन गर्दै उनले भने, ‘‘सङ्घीय सरकारले अहिले पनि काम गर्ने स्पष्ट वातावरण बनाउने कुरामा अवरोध गरिरहेको छ ।’’

सङ्घीय सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापन गर्न नसकेका कारण काम गर्न समस्या भएको समेत मन्त्री लम्सालले बताउनुभयो । उनले भने, ‘‘जनतालाई केही भएन भनेर निराश बनाउने काम भैरहेको छ, ‘अब कामले गति लिन्छ । हामी मनोबल उठाउने काम गर्छौ ।’’

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले स्थानीय तह र प्रदेशका बीचमा कामको सहकार्य र समझदारी नबनेसम्म कठिनाई आइपर्न लागेको बताए ।