लुम्बिनी

विशेषाधिकार समितिका सभापतिमा श्रेष्ठ चयन

बुटवल । प्रदेश नं ५ को विशेषाधिकार समितिको सभापतिमा प्रदेशसभाका सदस्य कमलराज श्रेष्ठ चयन भएका छन् । समितिका ज्येष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षतामा आज बसेको बैठकले श्रेष्ठलाई सभापतिमा चयन गरेकोे प्रदेश नं ५ को सचिवालयले जनाएको छ ।

उनी नेकपाकोे तर्फबाट गुल्मीबाट निर्वाचित सांसद छन् । सो समितिमा अन्य १० जना सदस्य छन् । सभापति श्रेष्ठलाई प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथ खुवाए ।