पर्यटन/संस्कृति

मुक्तिनाथमा यार्तुङ पर्व

मुस्ताङ । मुक्तिनाथमा मनाइँदै आएको यार्तुङ पर्व आज सम्पन्न भएको छ । जिल्लाको बाह्र गाउँले गुरुङ समुदायले वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–१ मा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ उक्त पर्वका अवसरमा महोत्सव आयोजना गरेको थियो । जनप्रिय युवा क्लब पुराङ रानीपौवाले यार्तुङ महोत्सवमा विभिन्न प्रतियोगिता सञ्चालन गरेको थियो । वर्षायाम सकिएको सङ्केत स्वरुप यार्तुङ पर्व मनाउने परम्परा रहेको मुक्तिनाथ, जनप्रिय युवा क्लबका अध्यक्ष उके्रन गुरुङले बताए ।

घोडा दौड हेर्न यहाँ ठूलो भीड लाग्छ । घोडा दौडबाट यहाँका बासिन्दाले मनोरञ्जन लिने गर्छन् । बाह्र गाउँले गुरुङ समुदायको परम्परागत साँस्कृतिक नृत्य ‘स्यारु’ यस पर्वमा प्रस्तुत गरिँदै आएको छ । सो पर्वको अवसरमा यही भदौ ७ देखि भदौ ११ गतेसम्म महोत्सव आयोजना गरिएको थियो । सो अवसरमा आयोजना गरिएको घोडा दौड प्रतियोगितामा सैनिक उच्च शिखर शिक्षालयका राजकुमार अधिकारी पहिलो, ढुम्बाका कर्मा गुरुङ दोस्रो तथा मुक्तिनाथका वीरबहादुर विक तस्रो भए ।