राजनीति

अब नातावाद, आफन्तवादको केही चल्ने छैन, भ्रष्टाचारी बिरुद्ध कठोर कदम चाल्छुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारका विरुद्व कडा कदम चाल्ने बताएका छन् । सोेमबार एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीले आफूले कसैको अनुहार नभई व्यवहार हेर्ने बताएका हुन् । देशमा जरा गाडेर बसेको देश विकासको बाधक भ्रष्टाचारलाई निमिटान्न पार्न कठोर कदम चालिने उनले ट्वीटमार्फत जनाएका छन् ।

‘भ्रष्टाचार भएको देखेँ भने, प्रमाणबाट पुष्टि भयो भने, मिडिया वा कसैले गहन रुपमा ल्यायो भने, भ्रष्टाचार विरुद्ध कदम चालिहाल्छु ।, प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्, कसैको अनुहार होइन, व्यवहार हेर्छु ।’

साथै प्रधानमन्त्री ओलीले अब नातागोता, आफन्तवाद, कृपावाद, सामिप्यवाद, केही नचल्ने बताएका छन् ।

यस्तो छ ओलीको ट्वीटः–