मनोरञ्जन

मेलिनाको तामाङ सेलो “मोहनी मन्त्र”मा प्रकाश र निरन्जली (हेर्नुहोस भिडियो)

काठमान्डौँ । युवा पुस्तामा निकैको रोजाइमा बस्न सफल गायक तथा कलाकार प्रकाश घिसिङ, इन्शा पाख्रिन, ओसिना लामा र निरन्जली लामाको फिचरिङमा रहेको गायिका मेलिना राईको तामाङ सेलो “मोहनी मन्त्र”को भिडियो सार्वजनिक भएको छ ।

गायन, गीत लेखन र अभिनय क्षेत्रमा सर्वाधिक चर्चाको शिखरमा रहेका प्रकाश घिसिङको अभियनलाई पछिल्लो समय निकै रुचाइएको छ । माया प्रेमका अभिब्यक्तिलाई गीतमा समेटिएको छ । मिलन पाख्रिनको शब्द , जोङलाल लामाको संगीत तथा एरेन्जमा गीत तयार पारिएको छ । गीतको भिडियोलाई विक्रम लामाको छायाँकन तथा सम्पादन रहेको छ । गीतको भाव अनुसार कलाकारहरुलाई निर्देशन अमिर दोङले गरेका छन ।

हेर्नुहोस भिडियोः–