समाचार

प्रधानमन्त्री ओलीले लडाकु लेनिन घटनाबारे गृहमन्त्रालयसँग मागे २४ घण्टाभित्र लिखित जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले ओलीले पूर्व लडाकुलाई विमानस्थलबाटै फर्काएकोे गृहमन्त्रालयसँग स्पष्टीकरण मागेका छन् । एक कार्यक्रममा भाग लिन थाईल्यान्ड जान लागेका पूर्व लडाकु लेनिन विष्टलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण सोधेका हुन् ।

उनले उक्त घटनाले वैयक्तीक स्वतन्त्रताको हनन भएको बताए । पत्रकारहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले उक्त घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

युवाहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन थाइल्यान्ड जान लागेका माओवादीका एक पूर्व लडाकुलाई सरकारले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको थियो । तत्कालिन विद्रोही माओवादीका बालसैनिकसमेत रहेका बिष्टले अन्तर्राष्ट्रिय मञ्चमा बालसैनिका मुद्धा उठाउन सक्ने भन्दै अध्यागमन विभागले शुक्रबार फर्काएको थियो ।

शुक्रबार  बिहान ९ बजे विमानस्थल पुग्दा कालोसूचीमा रहेको भन्दै आफूलाई फर्काएको बिष्टले बताए । यसअघि रसिया लगायत विभिन्न देशको भ्रमण गरिसकेका उनलाई यसपटक भने फकाईएको  थियो ।