बाग्मती

टिपरको ठक्करबाट मृत्यु

नुवाकोट । जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं। को टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ ।