आर्थिक

ग्लोबल आईएमई र ग्राहक बोता रेष्टुरेन्टमा १५% छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र बोताफुड एण्ड रेष्टुरेन्ट बीच ग्राहकहरुलाई छुट दिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक ग्राहक हले बोता रेष्टुरेन्टका सम्पूर्ण खानेकुरामा १५% छुट प्राप्त गर्नेछन् ।

उक्त छुट ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड भएका ग्राहकहरुले प्राप्त गर्नेछन् । उक्त सम्भौतापत्रमा बोता फुड एण्ड रेष्टुरेन्ट सञ्चालन प्रमुख भुवन आचार्य र ग्लोबल आइएमई बैंकका कार्ड वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।