प्रवास

ब्लड मनि हस्तान्तरण गरिदैँ

काठमाडौं । साउदी जेलमा जेल जीवन बिताईरहेका कुमार रानाको लागि उठेको रकम (करिब १२ लाख) सोमबार हस्तान्तरण गरिने भएको छ । फोनिजको आयोजनामा एक कार्यक्रममार्फत सहयोग रकम भोली ११ गते हस्तान्तरण गरिने बताईएको हो ।

साउदीमा जेल जीवन बिताइरहेका दिल बहादुर घर्ती र कुमार रानाको उद्दार गर्न ब्लड मनि सङ्कलनको लागि मगर अन्तर्राष्ट्रिय मंचले गरेको अनुरोध अनुसार संकलन भएको सहयोग रकम फोनिजको कार्यालय अनामनगरमा पत्रकार सम्मेलन गरी हस्तान्त्रण गरिने भएकाले समाचार संकलनका लागि सञ्चारमाध्यमलाई समेत अनुरोध गरिएको छ ।