मनोरञ्जन

हेर्नुहोस् रिताको ‘लेउन आमा एक मुठी पानी’ !

काठमाडौँ । कुनै पनि छोरी मान्छेलाई उनको आमाले यस धर्तीमा जन्म दिए पछी, भाग्य पनि लेख्दिन मिल्ने भए संसारको सारा खुसि उनकै भाग्यमा लेखिदिन्थीन् होला । अनि आफ्नो सन्तानको अनुहारको मुस्कान बाट नै उनको जिबनी यात्रा थप खुसियालीका साथ् अगाडी बढ्थे होला । तर यस्ता सबै कुरा काल्पनिक हुन् । हो, यस्तै पेरिफेरिमा एक मौलिक तीज गीत ‘लेउन आमा एक मुठी पानि’ भर्खरै बजारमा आएको छ ।

भनिन्छ अकबरी सुनलाई कसी लगाउन पर्दैन, नेपाली नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतहरु केहि महिना अगाडी देखि नै सार्बजनिक भैसकेका छन् । तर भर्खर सार्बजनिक भएको यस गीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने छ भन्ने कुरामा ढुक्क रहन सकिन्छ र जति पनि श्रोता दर्शकहरुले सुन्छन् अनि हेर्छन् ।

रिता थापा मगरको प्रस्तुतिमा सम्धिनी संगीत प्रालिले बजारमा सार्बजनिक गरेको यस गीतमा रिता थापा मगर को नै कर्णप्रिय स्वर रहेको छ भने लय रिता थापा मगर र शिरिष देवकोटा त्यसैगरी शब्द रमेश बि।जी को रहेको छ ।

निकै मर्मस्पर्सी ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा शिरु बिस्ट, रश्मि भट्ट र मोहन रानाको घत लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् ।