राजनीति

एउटी बालिकालाई न्याय माग्दा अर्को बालकले मारिनुपर्ने, यो कस्तो लोकतन्त्र हो प्रधानमन्त्रीज्यू ?

काडमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा सरकार विरुद्ध आक्राशित बनेका छन् । आईतबार संसदमा बोल्दैँ सभापती देउवाले दोसीलाई जोगाउन सरकार स्ंवय लागिपरेको बताएका हुन् ।

हिलो, निर्मला पन्त एक प्रतिनिधि पात्र बनेकी छिन, बलात्कार पश्चात एउटी अवोध बालिकाको हत्या, निन्दनीय मात्रै होइन, जघन्य अपराध हो । देशका अन्य भागमा पनि यही प्रकृतिका घटना वढेको विवरण आइरहेका छन् ।, पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, यस्ता घटना किन वढिरहेका छन् ? यसलाई कसरी समाप्त गर्न सकिन्छ ?

सबै खाले राजनैतिक आग्रहहरु भन्दा माथि उठेर छोरी चेलीहरुको मर्यादा, सुरक्षा र सम्मान अभिवृद्धि गर्न गम्भीर बन्न सबैसँग अपिल गरेका छन् ।

‘कञ्चनपुरमा भएको बालिका उपरको घटनाको अनुसन्धान प्रक्रियामा भएको ढिलाई र त्यसमा गाँसिएका प्रश्नहरुले प्रश्न उठाएको देउवाको भनाई छ । हामी कस्तो राज्य बनाउन गइरहेका छौं ?, देउवाले प्रश्न गरे, दोसीलाई जोगाउन जब स्वयं राज्य लाग्छ, तव निर्दोषले न्याय माग्न कहाँ जाने ? अपराधमा सामेललाई जोगाउन गरिएको प्रयत्न पनि अपराध हो । एउटा निर्दोश नागरिकलाई दोषीका रुपमा किटानी गरेर कारवाही अघि बढाएको विषय अपराधको पराकाष्ठा नै हो । म आग्रह गर्न चाहन्छु’

राज्यले नै दोषीलाई जोगाउन खोज्दा नागरिकहरुमा आक्रोस बढ्नु र हजारौ नागरिक न्याय माग्न सडकमा ओर्लनु स्वभाविक भएको उनले बताए । तर राज्यले संयमता अपनाउन नसक्दा प्रहरीको गोलीबाट अर्को बालक सन्नी खुनाको मृत्यु भएको र कयौं नागरिक घाइते हुन पुगेंको बताए ।

देउवाले सरकारको दमनकारी शैलीको निन्दा र भत्र्सना गर्दै प्रश्न गर्न चाहन्छु एउटी बालिकालाई न्याय माग्दा अर्को बालकले मारिनु पर्ने, यो कस्तो लोकतन्त्रको अभ्यास गराउँदै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?

बजार मुल्यमा भएको चर्को वृद्धिको मार नागरिकले भोगिरहेका बेला त्यसमाथि स्थानीय करको अचाक्ली बृद्धिले नागरिकको ढाँड सेकेको आरोप लगाएका छन् । त्यस्तै देउवाले सरकारले न्यायालयलाई समेत आफ्नो पक्षमा पार्ने दुस्साहस गरेको आरोप लगाए ।