राजनीति

कांग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ सम्म राजधानीमा हुने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक मंसिरमा बस्ने भएको छ । कांग्रेस केन्द्रिय कार्यालयमा शनिबार बसेको बैठकले महासमिति बैठक मंसिरको पहिलो साता गर्ने निर्णय गरेको हो । महासमिति बैठकको मिति तयभएसँगै पार्टी सभापती शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको विवाद तत्कालका लागि साम्य भएको छ ।

शुक्रबार दिनभर बसेको केन्द्रिय समितिको बैठकमा महासमिति बैठकको मितिका बिषयमा छलफल भएपनि यही महिना (भदौँ) मा बैठक राख्ने वा महान चाड दशैँतिहार छठपछि राख्ने भन्ने बिषयमा सहमती हुन नसकेपसि आन्तरिक गृहकार्य समेत आवश्यक परेको ठान्दैँ आज शनिबारका लागि कार्यसमितिको बैठक सारिएको थियो । आजको बैठकले पार्टीको महासमिति बैठक मंसिर ५ गते देखि ९ सम्म काठमाडौँमा गर्ने निष्कर्षमा पुगेको छ ।

पार्टीका सबै (सतहत्तर)ं जिल्लाका सभापतीहरुको हेटौँडा भेलामा वरिष्ठ नेता पौँडेल र तेह्रौँ महाधिवेसनबाट तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलाले अविलम्व महासमिति बैठक बोलाउन कांग्रेसका केन्द्रीय सभापती देउवालाई आन्तरिक र बाह्य दबाब दिईरहेका थिए ।

पछिल्लो समयमा सभापती र पौँडेल पक्षभन्दा तटस्थ रुपमा देखिएका कांग्रेस संस्थापक सभापती विपी कोईरालाका सुपुत्र समेत रहेका महामन्त्री डा. शंशाक कोइरालासमेत सभापती देउवालाइ महासमिति बैठक राख्न आन्तरिक दबाब दिएपछि उक्त बैठक तय गर्न सभापती देउवा राजी भएका हुन् ।

पार्टीको विधानअनुसार जिल्ला सभापतीहरुको भेला, महासमितिको बैठक, केन्द्रीय कार्यसमिति निर्वाचन लगायत पार्टीका आन्तरिक गतिविधीहरु सफल बनाउन पार्टीका प्रमुृख संरक्षकको रुपमा रहेका सभापती देउवाको दायित्व समेत हो ।