राजनीति

गृहमन्त्रीको राजिनामा माग गर्दै कञ्चनपुर हत्याकाण्ड विरुद्ध नेविसंघ व्यापक प्रदर्शनमा

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई न्याय र प्रहरीको गोली लागि मृत्यु भएका सोनु खुनाको परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको माग र घटनाको सत्यतथ्य र यथार्थ छानबिनमा भईरहेको ढिलाइ र सरकारी वेवास्ता प्रती आक्रोसित भएका नेविसंघका विद्यार्थीहरुले राजधानीको रत्न राज्य लक्ष्मी क्याम्स अगाडी व्यापक प्रदर्शन गरेको छ ।

बलात्कारिलाई फासी दे, जनता मार्न पाईदैन, असक्षम सरकार राजिनामा दे, हत्या गरिएकी निर्मला र सोनुको परिवालाई न्याय दे, गोलि हान्ने सुरक्षाकर्मीलाई कारवाही गर, लगायतका नारा लगाउदै क्याम्पस हुँदै पदमोदय मोद पुतलीसडक वाल्मीकि क्याम्पस परिसर परिक्रमा गरि आर आर क्याम्पस अगाडी नै कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दैँ वर्तमान सरकारको नालायकपनका विरुद्व प्रदर्शन गरिएको नेविसंघ आर आर इकाई समितिले बतायो ।

उक्त कार्यक्रमलाई नेविसंघका सह महामन्त्री अच्युत कलौनी, केन्द्रिय सदस्य तारक केसी, जन प्रशासन क्याम्पस स्ववियु सभापति पन्कज सुवेदी लगायतले सम्बोधन गर्दै सरकार घटनाको यथाशिघ्र सत्यतथ्य सार्वजनिक गर्न र वास्तविक दोषीलाई कारवाही गर्नुको साटो घटनाको वास्तविकता ढाकछोप गर्न र तोडमोड गर्न उद्दत रहेको आरोप लगाएका थिए ।

नेविसंघका केन्द्रिय सदस्य तारक केसीले वर्तमान सरकारमा अराजकता र शाहिकालिन भुत सवार भएको आभाष भएको बताए । कार्यक्रम नेविसंघ आर आर इकाइ सभापति सञ्जिव ढकालको अध्यक्षता सम्पन्न भएको स्ववियु सदस्य अशोक बिष्टले जानकारी दिए । आक्रोसित विद्यार्थीहरुले गृहमन्त्रीको राजिनामा समेत माग गरेको प्रदर्शनमा सहभागी नेविसंघ आरआर क्याम्पसका नेता अनुराग शाहले सूर्यखबरलाई बताए ।