प्रदेश 1

सुनचाँदी सङ्घमा विश्वकर्मा

भद्रपुर । नेपाल सुनचाँदी व्यवसायी सङ्घ झापाको अध्यक्षमा राजु विश्वकर्मा निर्वाचित भएका छन् । व्यवसायी सङ्घको विर्तामोडमा सम्पन्न दोस्रो अधिवेशनबाट निकटम प्रतिद्वन्दी गोपाल ल्वागुनलाई ३३ मतले हराउँदै विश्वकर्मा विजयी भएका हुन् । सङ्घको वरिष्ठ उपाध्यक्षमा राजुकुमार गुप्ता तथा उपाध्यक्षमा धीरेन विश्वकर्मा, टोलबहादुर सुनार, तुलसी विमली र रमेश पोर्तेल चयन भएका छन् । महासचिवमा राजन कालीकोटे, सचिव राजेशकुमार सोनी, सहसचिव वृहस्पति पाण्डे र कोषाध्यक्षमा विजय सराफ निर्विरोध चयन भएको निर्वाचन अधिकृत एकराज गिरीले जानकारी दिए । सङ्घमा आठ सदस्यसमेत निर्वाचित भएका छन् ।