मनोरञ्जन

सरोजको ”मन छुने गीत भोली” बजारमा (हेर्नुहोस् भिडियो)

काठमाडौं । नायिका केकी अधिकारी, कलाकार निराजन प्रधान अभिनित तथा गायक सरोज अधिकारीले आफ्नै स्वरमा प्रस्तुत गरेको गीत भोली ” सार्बजनिक भएको छ ।

लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका युवा गायक अधिकारीले ‘भोलि’ नामको मन छुने गीत बजारमा ल्याएका हुन् ।

२०६६ सालमा प्रभाव नामको एल्बम लिएर आएका गायक सरोज अधिकारीको त्यो समयमा ‘आज धेरै’ भन्ने बोलको गीत सञ्चारमाध्यमहरूमा निकै चर्चामा थियो । केही समय अघि उनले ‘भावना’ नामको एल्बम पनि बजारमा ल्याएका थिए ।

आफ्नै शब्द सङ्गीत र स्वरमा सरोजले ‘भोलि’ बजारमा ल्याएका हुन् । गीतको भिडियोमा केकी अधिकारी, निराजन प्रधान र ज्योति काफ्ले लगायतले अभिनय गरेका छन् । अमेरिकामा रेकर्ड भएको गीतको भिडियो काठमाण्डौमा तयार गरिएको हो । भिडियो बनाउन पुष्कर दाहालले भूमिका खेलेका हुन् । यस भिडियोका निर्देशक नितिन चन्द रहेका छन ।

सानो उमेर देखि गीत सङ्गीतमा रुचि राख्ने सरोज परिवारको पनि साथ भएकोले साङ्गीतिक क्षेत्रमा प्रगति भएको बताउँछन् । ‘यो क्षेत्र सानै उमेर देखि रुचिको क्षेत्र हो,नेपाल देखि अमेरिका सम्म आएर पनि निरन्तरता दिँदै छु ।’ गायक अधिकारीले भने ‘नेपाली गीत सङ्गीतलाई जहाँ पुगे पनि माया गरिरहन्छु, श्रोता र दर्शकको माया पाउने आशा भएकाले गाउने पेशा छाड्दिन । अधिकारीसँग गीतका शब्द लेख्न,सङ्गीत भर्न र गाउन अब्बल क्षमता छ ।

एउटा बिदेसिएको प्रेमीको कथामा आधारित यो भिडियोमा, प्रेमी आफ्नो उज्ज्वल भविश्वको लागि घरायसी परिस्थितिले बिदेसिन पुग्छ । प्रेमी बिदेसिए लगत्तै उसकी प्रेमिका उ संग बिताएका पुराना दिनहरुको सम्झिदै अनि भोलि फेरी भेट हुने आशासंगै कल्पनामा डुब्न पुग्दछे। तर उसको दुर्भाग्य आफ्नो भबिष्य बनाएर फर्कने क्रममा उसको प्रेमीको हवाई जहाज दुर्घटनामा निधन हुन्छ । प्रेमिका सधैको लागि आशुमा डुब्न पुग्छे । भिडियोको कथा सार यस्तो छ ।

भिडियोका दृश्यहरु नेपालको काठमाडौँको वरपर अनि गायकको आफ्नो भूमिकाको दृश्य भने अमेरिकाको केन्टकी राज्य वरपर छायाँकन गरिएको हो ।