सूचना प्रविधि

सहज पत्रकारिता गर्ने वातावरण बनाउन माग

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले समाचारको विषयलाई लिएर कञ्चनपुर र नवलपरासीमा कार्यरत पत्रकारमाथि भएको दुव्र्यवहार र धम्कीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घ कञ्चनपुर शाखाका अनुसार यही भदौ ६ गते शाखा सदस्य एवं जनसरोकार पोष्ट साप्ताहिकमा कार्यरत पत्रकार राजेन्द्रप्रसाद अवस्थीलाई प्रकाशित समाचारलाई लिएर भीमदत्त नगरपालिकाको सनराइज स्कूलकी प्रधानाध्यापक गङ्गा चालिसेले धम्की दिएको जनाइएको छ ।

त्यस्तै समाचारकै विषयलाई लिएर सोही दिन महासङ्घ नवलपरासी शाखाका सदस्य एवं स्थानीय पत्र साप्ताहिकका सम्वाददाता रवि पाण्डेलाई दुई–तीन जनाको समूहले दुव्र्यवहार गरेको शाखाले जनाएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसमाथि अपनाउनुपर्ने कानूनी उपचारका बाटोलाई छाडेर पत्रकारलाई दुव्र्यवहार र धम्की दिइनु प्रेस स्वतन्त्रताविरोधी काम भएको महासङ्घको ठहर छ ।

महासङ्घले प्रेस विरोधी यस्ता घटनाको भत्र्सना गर्दै दुव्र्यवहार र धम्की दिनेमाथि कारवाही गरी पत्रकारलाई सुरक्षित र सहज पत्रकारिता गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।