प्रदेश 1

एमालेबाट निर्वाचित जड्याहा वडाध्यक्षको लाजमर्दो हर्कतले प्रधानमन्त्री माथि नै प्रश्न खडा !

काठमाडौं । तत्कालिन नेकपा एमालेबाट निर्वाचित मेचीनगर नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष तिलक न्पौपानेले फेरि एकपटक लाजमर्दो हर्कत गरेका छन् । पटकपटक रक्सी खाएर यसअघि पनि दुइचोटी मिडियामा आएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउपछि रक्सी नखाने प्रतिबद्धता जनाएका न्पौपाने सडकमै रक्सीले फिटान भएर सुतेका तस्बीरहरु यतिखेर सामाजिक सञ्जालमा भाईरल बनेका छन् । गत असार १४ गते भएको निर्वाचनमा नेकपा एमालेबाट झिनो मतान्तरले निर्वाचित भएका न्यौपाने पहिलेदेखि नै रक्सी खाने गरेका थिए ।

प्रहरीले पक्राउ गरेपछि उनी दैनिक रक्सी खाएर कार्यालय जाने गरेका र मातेर जसलाई पनि गालीगलौज गर्ने गतिविधिले स्थानीय जनता समेत हैरान बनेका छन् । बिहानदेखि रक्सी खाएर बस्ने न्यौपानेले वडा सदस्यहरुप्रति पनि दैनिक जसो तथानाम बोल्ने गरेका थिए ।

यो घटनाले मेचीनगर २ को पार्टी पङक्तिमा समेत ठूलो धक्का पुगेको छ । साथै, वडाध्यक्षको यो निच हर्कतले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीमाथि प्रश्न चिह्न खडा गरेको छ ।