आर्थिक

आइएमई जनरल र नेशनल मेडिकल कलेज बिच नगदरहित सेवा सम्झौता

काठमाडौं । स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्सले नगद रहित अन्तरंग सेवा स्वास्थ्य बीमा योजना अगाडि ल्याएको छ ।

उक्त सेवालाई प्रदेशिक तहमा समेत विस्तार गर्ने उदेश्य सहित यस आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेज वीरगंज, पर्सा विच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म नेशनल मेडिकल कलेज वीरगंज, पर्साबाट नगद रहित अन्तरंग सेवा प्राप्त हुनेछ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र नेशनल मेडिकल कलेज वीरगंज, पर्साका तर्फबाट निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गरेका थिए ।