आर्थिक

सिप्रदी ट्रेडिङ्ग र मुक्तिनाथ बैंकबीच सम्झौँता

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र मुक्तिनाथ बिकास बैंक बीच “आफ्नो गाडी आफै सवारी“ नामक ब्यवसायिक अभियान अन्तर्गत प्रत्येक सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

सिप्रदी ट्रेडिङ्गले व्याजदरमा सहुलियत प्रदान गर्ने गरी सम्झौता गरिएकोले यो अभियान अन्तर्गत व्यवसायिक प्रयोजनका लागी सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ बिकास बैंकले १०.५% ब्याजदरमा गाडीको मुल्यको ७० प्रतिशत सम्म कर्जाप्रदान गर्ने जनाईएको छ ।

यस अभियान अन्तरगत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा, ग्राहकलाइ निशुल्क ड्राइभिङ्ग तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुबिधा प्रदान हुनेछ भने यो अभियानले स्वदेशमा नै रोजगारीको सृजना गरी, युवाहरु बैदेशिक रोजगारीका लागी बिदेसिनुपर्ने बाध्यतालाई कम गर्नेछ भन्ने बिस्वास रहेको छ ।

यस अभियानको बारेमा लक्षित समुहलाई जागरुक गराउन नेपालका कुशल पत्रकार रबि लामिछाने २ बर्षको अवधिका लागि सिप्रदी ट्रेडिंग संग अनुबन्दित भएका छन् ।