सुदूरपश्चिम

कञ्चनपुरमा अनिश्चितकालिन कर्फ्यूू लगाईयो

काठमाडौं । कञ्चनपुरमा आन्दोलनले अग्र रुप लिएपछि कर्फ्यूू आदेश जारी गरिएको छ । गत साउन १० गते भएको निर्माला हत्याकाण्डमा प्रहरीले गलत अभियुक्त पक्राउ गरिएको भन्दै आन्दोलन चर्केपछि कर्फ्यूू आदेश जारी गरिएको हो ।

बिहिबार दिउँसोदेखि अनिश्चितकालिन कर्फ्यूूको आदेश लागेको छ ।

आज बिहान प्रहरी र स्थानिय आन्दोलनकारीबीच बबण्डर हुदाँ ४ जना स्थानिय घाईते भएका छन् । उनीहरुको मध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार बिहान यहाँ प्रदर्शन गरेको थियो । भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए ।

भीमदत्तनगर र बेदकोट नगरपालिका क्षेत्रका विद्यालय र बजार प्रदर्शनकारीले बन्द गराएका छन् । स्वस्फूर्तरुपमा ठूलो सङ्ख्यामा विद्यालयका विद्यार्थीसमेत सडकमा उत्रिएका थिए ।

जिल्ला सदरमुकाम भीमदत्तनगरबाट सञ्चालन हुने यातायात सेवासमेत पूर्णरुपमा ठप्प रहेको छ । अप्रिय घटना हुन नदिन ठाउँठाउँमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीलाई खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बेदकोट नगरपालिका, भीमदत्तनगरपालिका र जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शनकारीले चर्को नाराबाजी समेत गरेका थिए ।