कर्णाली प्रदेश

‘दुव्र्यसनीविरुद्धको सचेतना’ अभियान

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक महिनादेखि लागूऔषध दुव्र्यसनीविरुद्धको सचेतना अभियानलाई निरन्तरता दिएको छ ।

संस्थागत विद्यालयबाट शुरु गरिएको सचेतना अभियान अब सबै क्षेत्रमा पु¥याउने योजना जिप्रका सुर्खेतले बनाएको छ । गत साउनमा दुई दर्जन संस्थागत विद्यालयका एक हजार २०० विद्यार्थीसहित शिक्षकसँग प्रहरीले सो कार्यक्रम चलाएको थियो । पहिलो चरणको अभियान सकिएको छ । यही भदौ १० गतेदेखि सामुदायिक विद्यालयमा दोस्रो चरणको लागूऔषध दुव्र्यसनी र महिला हिंसाविरुद्धको सचेतना अभियान सञ्चालन गर्ने कार्ययोजना अघि सारिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । “हामीले बुधबार सामुदायिक १५ विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावकसँग बसेर सचेतना कार्यक्रम सञ्चालनका बारे छलफल ग¥यौ,” उनले भने ।

यसअघि यातायात व्यवसायीसँग दुव्र्यसनी र महिला हिंसाविरुद्धको सचेतनामूलक कार्यक्रम भइसकेको छ । दुव्र्यसनी र हिंसा गर्नेविरुद्ध हुने कानूनी कारवाही, महिला तथा बालबालिकामा पर्ने प्रभाव, मानवअधिकार, मौलिक हक र संविधानका विषयमा सो अभियानका सहभागीलाई जानकारी दिइन्छ । अब अभियानलाई युवा, स्थानीय समुदाय, आमा समूह, उद्योगी, व्यापारी, होटल व्यवसायी, सुनचाँदी पसलसम्म पु¥याइने प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।

प्रहरी उपरीक्षक वसन्त रजौरेले सुर्खेतका नौ वटै स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्ने बताए । स्थानीय सरकारका प्रमुखसँग छलफल, समन्वय र सहकार्य गरी शान्त, सभ्य र समृद्ध कर्णाली प्रदेश निर्माणमा अहोरात्र लाग्ने उनको भनाइ थियो ।