गण्डकी प्रदेश

सामुदायिक वनमा सुवेदी

पोखरा । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशको पोखरामा सम्पन्न पहिलो अधिवेशनले कालीदास सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।

चार वर्षे कार्यकाल रहेको ५० सदस्यीय समितिको उपाध्यक्षमा खगराज सापकोटा, महासचिवमा रत्ना घिमिरे, सचिवमा किशोर सापकोटा, सहसचिवमा सीता गुरुङ र कोषाध्यक्षमा गीता शर्मा रहेकि छन् ।

समितिका सदस्यमा दिनेश श्रेष्ठ, जीतबहादुर बस्नेत, गोमा गुरुङ, लक्ष्मी सुवेदी, केशव न्यौपाने, विन्दु बस्नेत, सीताराम अधिकारी, अर्जुन श्रेष्ठ, विष्णुराज घिमिरेलगायत छन् । अधिवेशनले ११० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि सर्वसम्वत निर्वाचित गरेको छ । अधिवेशनको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।