राजनीति

व्यावसायीलाई हामीले नाफा खाने वातावरण बनाउनुपर्छः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्योग व्यावसायीको सरकारले नाफा खाने वातावरण बनाउनु पर्ने बताएका छन् । एभेन्ट्स एन्ड भेन्यू एशोसियन अफ नेपालको आठौं वार्षिकलाई बिहिबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले नाफा खानु व्यावसायीको अधिकार भएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले सरकार व्यावसायीलाई नाफाउन्मुख गराउने खालको ऐन, नीति नियम बनाउन सरकार प्रतिवद्ध रहेको बताए । जबसम्म उद्योगी व्यावसायीलाई ठग र भ्रष्टाचारीको नजरबाट हेर्न छाडिदैन तबसम्म नेपाल समृद्ध बन्न नसक्ने दाहालको भनाई थियो ।

दाहालले कर नछल्न उद्योगी व्यावसायीलाई आग्रह गरेका छन् ।