समाचार

प्रधानन्यायधीशका लागि नयाँ नाम सिफारिस हुदैँ, को-को छन् लाईनमा !

काठमाडौं । बिहिबार प्रधानन्याधीशको सिफारिस हुने भएको छ । यसअघि संवैधानिक परिषद्बाट सिफारिस गरिएका कामु प्रधानन्यायाधीश दीपक राज जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशमा नयाँ नाम सिफारिस हुने भएको हो ।

बिहिबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा बस्ने बैठकले दीपक राज जोशी पछिका वरिष्ठतम न्यायाधीशमध्ये १ जनालाई सिफारिस गर्नेछ । वरिष्ठ न्यायाधीशमा ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणा रहेकाले दुवैजना प्रधानन्यायाधीशको लाईनमा रहेका छन् । वरियतामा न्यायाधीश ओमप्रकाश मिश्र अघि रहेकाले उनको सम्भावना बढी देखिएको छ ।

यसैबीच, आज बस्ने परिषद्को बैठकले लामो समयदेखि रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख समेत नियुक्तीका लागि सिफारिस गर्ने तयारी छ ।