खेलकुद

पुलिसका मन्थम र शिभेनले निकाले दोहोरो जित

काठमाडौं । नेपाल पुलिस स्कुलका मन्थम जोशी र शिभेन महर्जनले ११ औं एलए/जेटिआई अन्तरविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा बुधबार दोहोरो जित निकालेका छन् । जोशी र महर्जनले ब्वाईज यु –१० र १२ दुवै विधामा जित निकालेका हुन् । जोशीले यु –१० मा न्यू होराईजन बोर्डिङ्ग स्कुलका निरञ्जन भट्टराईलाई ४–०, ४–० र यु –१२ तर्फ आयोजक एलएका क्रिश कुँवरलाई ४–०, ४–० ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरे । यस्तै महर्जनले पनि यु–१० मा आयोजक एलएका आयुश राई माथी ५–४, २–० (रिटायर्ड हर्ट) तथा यु–१२ मा न्यू होराईजनका रोहित रानाभाटलाई ०–४, ४–० र ४–०ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए ।

लिटल एञ्जल्स स्कुलको आयोजनमा भएको प्रतियोगिताको पहिलो दिन ब्वाईज यु –१० तर्फ युनाईटेड स्कुलका देभाशिस ¥युल्कले युलेन्स स्कुलका शिभेन रुङ्गलालाई ४–२, २–४, र ४–१ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए भने शिसु निकेतनका श्रीजन भट्टराईले प्रिमियम इन्टरनेशनलका सक्षम गुप्ताबाट वाक ओभर प्राप्त गर्दै प्रिक्वाटरमा स्थान बनाएका छन् ।

ब्वाईज यु –१० कै अन्य प्रतिस्पर्धामा न्यू होराईजन बोर्डिङ्ग स्कुलका विकाश पाण्डेले आयोजक एलएका विल्सन डङ्गोललाई ४–१, ४–२ को सोझो सेटमा पराजित गरे । न्यू होराईजनकै रोहित रानाभाट र रितेश ज्ञवालीले पनि जित निकाले । रोहितले जोन डेवीका तेन्जिङ्ग गुरुङ्गलाई ४–१, ४–६ तथा रितेशले शुभताराका रुशान्त अरोरालाई ४–२, ४–० ले पाखा लगाए । यसैगरी काष्टमण्डपका शिद्धान्त शापितले न्यू होराईजनका रितिक मल्लबाट वाक ओभर पाए ।

जित निकाल्ने क्रममा कस्मिक ईन्टरनेशनलका हर्षित पन्तले जोन डेवीका सम्मान बस्नेत माथी ४–०, ४–२, गण्डकी बोर्डिङ्ग स्कुलका दन्शिल श्रेष्ठले युनाईटेडका स्पर्ष श्रेष्ठ माथी ४–०, ४–१, कालिका स्कुलका दिपेश ज्ञवालीले न्यू होराईजनका निखल भट्टराई माथी ४–०, ४–०, पुलिसका श्लोक कुमार खड्काले केन्द्रिय बिद्यालयका मायंक यादव माथी ४–०, ४–२ तथा डिएभीका अबिर श्रीवास्तवले गण्डकी बोर्डिङ्ग स्कुलका शास्वत बज्राचार्य माथी ४–१, २–४ र ४–१ ले पराजित गर्दै प्रिक्वाटर प्रवेश गरे ।

हात्तिबनस्थित एलएको टेनिस कोर्टमा बुधबारनै भएको प्रतियोगिताको ब्वाईज १२ तर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीका प्रशिद्ध बस्नेतले आयोजकका शोम्युल महर्जनमाथी ४–०, ४–१ को सहज जित निकाले भने पुलिसकै सरोज तामाङ्गले आयोजकका प्रतिक यादवलाई ४–१, ४–१ले पाखा लगाए । यसैगरि गण्डकी बोर्डिङ्ग स्कुल पोखराका निहाल जंग थापाले न्यू होराईजनका सम्यम भुषालमाथी ४–२, ४–० को जित निकाल्न सफल भए । अर्को खेलमा नेपाल पुलिसका श्लोक कुमार खड्काले आयोजकका समिप नेपाललाई पराजित गरे । श्लोकले समिप माथी ४–०, ४–० को सहज जित निकाल्न सफल भए ।

यसै गरि न्यू होराईजनका रितिश ज्ञवालीले कालिका स्कुलका प्रवेश थापालाई ४–०, ४–० र रितिक मल्लले ज्ञानोदयका अश्विन गुरुङ्गलाई ४–१, ४–१ले र लोप्सन रानाले आयोजक एलएका सुयोग प्रसाईलाई ४–१, ४–१ ले पराजित गर्दै प्रिक्वाटरको यात्रा तय गरे । विजयका साथ प्रिक्वाटर प्रवेश गर्ने अर्का खेलाडीमा रोजबड स्कुलका निश्चल कायस्थ रहे । उनले आयोजक एलएका विराट प्रसाद जोशीलाई ५–३, २–४ र ४–२ ले पाखा लगाए ।

ललितपुर महानगपालिकाका मेयर चिरीबाबु महर्जनले टेनिस खेलेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगितामा ४२ स्कुलका १२४ ब्वाईज र ७३ गल्र्स गरि १९७ खेलाडीहरुले छात्र तथा छात्रा दुवै तर्फ यु –८, यु –९, यु –१०, यु –१२ मा एकल र यु –१४ तर्फ छात्र तथा छात्रा दुवै तर्फ एकल तथा युगल स्पर्धा गरि १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । स्कुलले प्राप्त गर्ने ओभरअल अंकका आधारमा विजयी स्कुललाई रनिङ्ग ट्रफी प्रदान गरिने छ भने विजयी खेलाडीहरुले पदक तथा प्रमाण पत्र प्राप्त गर्ने छन् ।