खेलकुद

अधिकारीको नाममा राष्ट्रिय कीर्तिमान

काठमाडौँ । इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारीले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एण्ड जर्कमा १६० केजी गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

यसअघि कमलले २०७१ मा स्न्याचमा ११८, क्लिन एण्ड जर्कमा १५५ को नयाँ कीर्तिमान बनाएका थिए । योसँगै अधिकारीको नाममा तीन राष्ट्रिय कीर्तिमान कायम भएका छन् । यसअघि मङ्गलबार सम्पन्न महिलाको ५३ केजीमा सञ्जु चौधरीले पनि तीन राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

समूह ‘बी’ मा रहेको अधिकारी छैटौँ स्थानमा रहे । बिहीबार विकास थापाले ७७ केजीमा प्रतिस्पर्धा गर्नेछन् । यही भदौ १० गते तारादेवी पुनले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए।