मनोरञ्जन

मोडलिङ तथा फेशन कोरियोग्रफिमा जम्दैँ दिबस !

काठमाडौँ । कोरियोग्राफर दिबस भट्टराई मोडलिङ तथा फेशन कोरियोग्राफिमा ब्यस्त बन्दै गएका छन् । सन् २०१६ साल देखि मोडलिङ क्षेत्रमा प्रवेश गरेर निरन्तर यस क्षेत्रमा संघर्ष गर्दै आएका उनि नेपाल स्टार मोडलको टप ५ सम्म पुगेर बेष्ट स्माइलको टाईटल समेत जित्न सफल भएका थिए ।

इण्डियाको मुम्बईमा रहेको ड्रिम्स इन्स्च्युट अफ फ्लिम बाट फिल्म्स एण्ड जर्नालिज्ममा ब्याचलर समेत गर्दै गरेका के। दिबस भट्टराई छोटो समयमानै फेशन कोरियोग्राफीमा नाम कमाउन सफल भएका छन ।

आधा दर्जन भन्दा बेसी राष्ट्रिय स्तरका सौन्दर्य प्रतियोगिता तथा फेशन शो हरुमा आफ्नो कुशल कोरियोग्राफी गरेर आफुलाई अब्बल बनाउन सफल मोडल तथा कोरियोग्राफर दिबस भट्टराईले नेपाल्स चबि मोडल सिजन १ को एसिस्टेन्ट कोरियोग्राफी बाट क्यारियर सुरु गरेर नेक्स्ट सुपर टप्स मोडल, अल स्टार नेपाल नेक्स्ट सुपर टप मोडल, नेक्स्ट सुपर टप्स मोडल सिजन-२ लगायत अन्य कार्यक्रमा फेशन तथा ग्रुमीङ कोरियोग्राफी गरिसकेका छन् ।

अहिले उनि नेपाल राइजिङ मोडल तथा पुर्वाञ्चल राइजिङ मोडल नेपालको फेशन कोरियोग्राफीमा ब्यस्त रहेका छन् ।

चलचित्र तथा पत्रकारिता बिषयमा अध्यन गरिरहेका दिबस भट्टराई भविष्यमा मोडलिङ तथा चलचित्र क्षेत्रको हक उत्थानमा लाग्ने बताउछन त्यसै अनुरुप अहिले उनि मेहनत समेत गर्दैछन ।