गण्डकी प्रदेश

कानुनको धज्जी उडाउदै पोखरा १४ मा क्रसर (भिडियो सहित)

काठमाडौं । पोखरा १४मा मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन भइरहेको छ । खानी तथा क्रसर उद्योग सञ्चालन मापदण्डको धज्जी उडाउँदै सेती किनारमा उक्त क्रसर सञ्चालन भइरहेको हो । मापदण्डमात्रै होइन, जग्गा सम्याउन डोजर चलाउने अनुमति लिएर निर्वाध क्रसर नै चलाएको पाइएको छ ।

माघ २४ गते वडाले नै अधिकार बाहिर गएर क्रसर उद्योग सञ्चालन अनुमति दिएको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी भएपछि घाटगद्धी सञ्चालनको अधिकार स्थानीय तहलाई हस्तान्तरण भएपनि वडाध्यक्षलाई अधिकार छैन ।

भिरालो जमिनलाई खेतियोग्य भनि वडाले महानगरलाई सिफारिस ग¥यो । सोही सिफारिसका आधारमा महानगरले पनि १५ लाख ७९ हजार रुपैयाँ राजश्व लिएर २ महिनाका लागि डोजर चलाउने अनमुति दिएको थियो ।

महानगरकै प्रशासकिय अधिकृत दीर्घनारायाण पौडेलले पनि क्रसरका सञ्चालनका लागि हस्ताक्षर गरेरै स्विकृती दिएका छन् । तर राजस्व भने डोजर चलाउने अनुमतिका लागि मात्र लिएको छ महानगरले ।

भिडियो हेर्नुहोसः–