समाचार

नेपालकै पहिलो कलंकी अण्डपासको परीक्षण सफल, अब ट्राफिक जामको डर हट्यो

काठमाडौं । राजधानीको कलंकीमा सञ्चालनमा रहेको कलंकी अण्डरपास बन्द भएको छ । नेपालमै पहिलो पटक सञ्चालनमा आएको उक्त अण्डरपास सञ्चालन भएको एक साता नबित्दैँ बन्द भएको हो । चक्रपथ सुधार आयोजनाका अनुसार निर्माणको काम पूरा नभएकाले अण्डरपास बन्द गरिएको हो ।

केही दिन परीक्षणका लागि अण्डरपास सुरु गरिएको र बाँकी काम एक हप्ताभित्रै सकेर अण्डरपास नियमित सञ्चालनमा ल्याईने आयोजनाको भनाई छ । अण्डरपास नियमित सञ्चालनमा आएपछि कलंकीमा पर्ने जाम कम हुने विश्वास गरिएको छ ।