विचित्र संसार

पत्याउनुहुन्छ ? विश्वकै गरिब राष्ट्रपतिले यस्तो काम गर्छन् !

काठमाडौं । दक्षिण अमेरिकी देश उरुग्वेको जब कुरा चल्छ तब यहाँका पुर्व राष्ट्रपति जोस मुजिकाको नाम सबैभन्दा पहिला लिने गरिन्छ । मुजिया विश्वका एकमात्र यस्ता लिडर हुन् जसलाई सबैभन्दा गरिब नेता हुन् ।

मार्च, २०१५ मा उनले राष्ट्रपति पदबाट राजिनामा दिएका थिए । राजिनामा दिनु अघि उनले आफ्नो तीनवटा खुट्टा भएको म्यानुअल र चारवटा खुट्टा भएको बिटलसँग समय बिताउन समयको आवश्यता परेको बताएका थिए ।

म्यानुअल उनको घरपालुवा कुकुरको नाम हो भने बिटल गाडीको नाम हो ।मुजिकाले आफ्नो पाँच वर्षे कार्यकालमा उरुग्वेलाई धनी बनाउन सफल भएका थिए । तर, उनी आफु भने कंगाल बनिरहे ।

विश्वकै गरिब राष्ट्रपतिमा गनिने उनले आफ्नो जीवन फिरेन्तेको रुपमा बिताए । जोस राष्ट्रपति भवनमा बस्नुका सट्टा उनी २ वटा कोठा भएको घरमा बस्ने गर्थे । सुरक्षाको नाममा उनी जम्मा दुई जना प्रहरीको सेवा लिने गर्थे । आम मानिसले झै उनी कुवाबाट पानी भर्ने सम्म गर्छन् । आफ्नो कपडा आफै धुने गर्छन् । मुजिका आफ्नी पत्नीसँग मिलेर फलफुल खेतीमा व्यस्त रहन्छन् । यो उनको आम्दानीको स्रोत बनेको छ ।

खेतीका लागि ट्याक्टर पनि उनी आफै चलाउने गर्छन् । ट्याक्टर खराब भए पनि मेकानिक आफै बन्छन् र बनाउने काम गर्छन् । मुजिकाले नोकर चाकर पनि राखेका छैनन् । आफ्नो पुरानो फक्सबैगन बीटल आफै चलाएर अफिस जाने काम उनी गर्थे । अफिस जादाँ भने कोट प्यान्ट लगाउँछन् । तर, घरमा बस्दा उनी निकै सामान्य कपडा लगाउँछन् ।

एउटा देशका राष्ट्रपतिलाई जे सुविधा मिल्नुपर्ने हो त्यो सबै सुविधाहरु मुजिकालाई दिइएको थियो तर उनले लिन अस्विकार गरेका थिए । तलब स्वरुप उनलाई १३,३०० डलर मिल्थ्यो तर १२ हजार डलर उनले गरिबलाई दान गरिदिन्थे । १३०० डलरमा मध्ये ७७५ डलर साना कारोबारीहरुलाई दिन्थे । –एजेन्सीको सहयोगमा