प्रदेश 1

करेन्ट लागेर मृत्यु

भद्रपुर । झापाको उत्तर बाहुनडाँगीमा हात्ती धपाउने क्रममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको मृत्यु भएको हो । उनको शव खेतमा भेटिएको वडाध्यक्ष हर्क बस्नेतले जानकारी दिए ।