पर्यटन/संस्कृति

समाभुख महराद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद (इद उल जोहा) का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सभामुख महराले जारी गरेको शुभकामना सन्देशमा बलिदानी र त्याग, समर्पण शान्ति, समृद्धि, भाव र सत्मार्गमा अगाडि बढ्न विश्वमा रहेका सबैलाई प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरिएको छ ।

सन्देशमा भनिएको छ, “हाम्रोजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधताले धनी देशमा मनाइने यस्ता पर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै धार्मिक सहिष्णुता, आपसी मेलमिलाप र सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पु¥याएका छन् ।”

सन्देशमा भाषा, धर्म, परम्परा, रीतिरिवाज, कलासंस्कृति देशको पहिचान, सभ्यता देशको परिचायक भएको र यस पर्वले विविधतासहित आपसी सद्भाव, भ्रातृत्वलाई जोगाउँदै धार्मिक सहिष्णुता एवं राष्ट्रिय एकतालाई मजबुत बनाउन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।

सभामुख महराले सन्देशमा भनेका छन्, “इस्लाम पात्रो हिजारी संवत्अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको १०औँ दिनमा मनाइने बकर इद पर्वले समस्त नेपालीमा आपसी सद्भाव, भ्रातृत्व, त्याग, सेवाभाव र सम्मानको भावना पैदा गर्ने मैले विश्वास लिएको छु ।”