मनोरञ्जन

वरिष्ठ सङ्गीतकार पोखरलेको निधन

काठमाडौँ । वरिष्ठ सङ्गीतकार राजेन्द्रप्रसाद पोखरेलको ८० वर्षको उमेरमा निधन भएको छ ।

नारायणघाटस्थित आफन्तको घरमा जाने क्रममा आज उनको अचानक मुटुमा समस्या आई निधन भएको सङ्गीतकार वचुकराज मिश्रले जानकारी दिए । स्व पोखरलेको तीन महीनाअघि मुटुको शल्यक्रिया गरिएको थियो । उनलाई आजै देवघाटमा अन्तिम संस्कार गरिएको सङ्गीतकार मिश्रले जानकारी दिए ।

स्व पोखरेलका श्रीमती, एक छोरा र दुई छोरी छन् । उनले फिल्म, टेलिफिल्म, लोकहोदोरीमा सङ्गीत गरेका थिए।