आर्थिक

एमजीको नयाँ शोरुम नक्शालमा, जीएस र जेडएस नेपाल भित्रीयो

काठमाडौँ । एमजी (मोरिस ग्यारेज) मोर्टस बेलायती कार उत्पादक कम्पनीलाई नेपाली बजारमा प्रतिष्ठित कम्पनी पारामाउन्ट मोर्टसले बिक्री वितरण गर्दै आएको छ । यस कम्पनीले उच्चकोटीको एमजीका उत्पादनहरु जीएस र जेडएस नेपाली बजारमा ल्याएको छ ।

एमजी गाडीको उत्पादन मोरिस ग्यारेजको नामबाट १९२१ मा सुरु भएको हो । यो कम्पनी अहिले ९७ बर्ष पुरानो भएको छ । यो कार उत्पादनको सुरुवाति समयमा विलियम मोरिसले अटोमोवाईल इन्जीनियर सेसिल किम्बरलाई हायर गरेका थिए ।

त्यतिबेला कम्पनीले स्पोर्टस र क्रिबेलेट्स कारहरुको उत्पादन सुरु गरेको थियो । त्यसपछि कम्पनीका उत्पादन धेरै सेलिब्रेटी, बेलायती प्रधानमन्त्री र धेरै राजपरिवारका सदस्यको रोजाईमा पर्यो । यसरी २०१४ मा आईपुग्दा एमजीले मेन्युफ्याक्चरर च्याम्पीएनसीप समेत जीतेको थियो ।

यस्तो पुरानो इतिहाँस बोकेको कम्पनीको नेपाल स्थित अन्तर्राष्ट्रिय स्तरको नवनिर्मित शोरुम नक्सालमा आज भदौ ५ गते एक समारोहका बीच नेपालका लागि बेलाएती राजदूत रिचर्ड मोरिसले गरेका छन् ।

पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्याल भन्छन्, ‘एमजी एक विश्वको सबैभन्दा छिटो प्रगति गरिरहेको मोटर कम्पनी मध्येको एक हो । बिगत केही वर्षदेखि एमजी ब्राण्डले नयाँ–नयाँ मोडल बजारमा ल्याएर बलियो पकड राख्दै अविश्वसनीय प्रगति गर्दै आइरहेको छ । यो कम्पनीले विश्वभरी आफ्नो पहँुच पुर्याउने लक्ष्य लिएको छ र त्यसै क्रममा आज नेपाली बजारमा प्यारामाउन्ट मोटर्ससँग अधिकारीक वितरकको रुपमा सहकार्य गरिरहेको छ । यो शोरुमको उद्घाटनसँगै यसले एमजीको महत्कांक्षी योजनामा सहयोग पुग्ने छ । एमजीले थाईल्याण्डमा आधुनिक टेक्नलोजी जडीत फ्याक्ट्री स्थापना गरिसकेको छ, साथै २०१९ को सुरुवातसँगै भारतमा पनि उत्पादन गर्ने तयारीलाई अन्तिम रुप दिदैछ । भारतको उत्पादन सुरुवातसँगै दक्षिण एसीयाको बजारमा यसको उपस्थिती अझ बलियो हुनेछ ।’

‘अन्तर्राष्ट्रिय मोटर ब्रान्डहरुको वर्चश्व रहेको नेपाली बजारमा एमजीको उपस्थितीले अझै गाडी पारखिलाई उत्साहित बनाएको छ । एमजीका बहुप्रतीक्षीत जीएस र जेडएस मोडलको आगमनबाट हामीसमेत निकै उत्साहित भएका छौ । साथै, विश्वको प्रमुख मोटर उत्पादक कम्पनी एमजीेसँगको सहकार्यले हामी र हाम्रा ग्राहकहरु निकै खुसी भएका छौ ’ अर्यालले भने ।

अब स्टेट अफ आर्ट शोरुमको सुविधा भएको एमजी मोटर्सको शोरुम काठमाडौंको नक्सालमा रहेको छ ।

यो शोरुम एमजी मोटर्सको अन्तर्राष्ट्रिय कन्सेप्टमा आधारित अत्याधुनिक तरिकाले निर्माण गरिएको छ । जहाँ उपभोक्ताले उच्च कोटीको सेवा प्रप्त गर्न सक्ने छन् । जस्तो उपभोक्तालाई ब्रान्ड, उत्पादन र सेवाको बिषयमा ज्ञान हाँसिल गर्न सहज हुने छ ।