आर्थिक

माछापुच्छ्रे रियान्डा बिजसर्भ बिच वित्तीय साक्षरता सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिजसर्भ–फिनलिट सँगको संयुक्त सहकार्यमा सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, रियान्डा बिजसर्भका तर्फबाट प्रवन्ध निर्देशक भरत रिजाल र फिनलिटको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरे ।

यो सम्झौतासँगै बैंकले तोके बमोजिमकावित्तीय साक्षरतासम्बन्धि सम्पूर्ण कार्यहरु रियान्डा बिजसर्भ फिनलिट सँगको संयुक्त सहकार्यमाले गर्नेछ । यस सम्झौताको कार्यन्वन पश्चात नेपालको वित्तीय साक्षरता न्यून रहेका ११ जिल्लाहरुमा बैंकले वित्तीय साक्षरता सम्बन्धित कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।

बैंकले उक्त वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सम्बन्धि तालिम, श्रव्य–दृश्य प्रस्तुती, नाटक–कथामञ्चन,किताब र पढ्ने सामग्रीहरु वितरण, आदि कार्यहरु गरिने जनाएको छ ।

बैंकले पूर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट ग्राहकमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ एटीएमहरु सञ्चालनमा रहेको छ ।