प्रदेश 2

प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन नभएको जिकिर

महेन्द्रनगर, धनुषा । प्रदेश नं २ को मुख्य विपक्षी दल नेपाली काँग्रेसले प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने काम विश्वको कुनै मुलुकमा नदेखिएको जनाएको छ ।
नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले सप्तरीको मलेठ घटना र राजर्षि जनक विश्वविद्यालय सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सही नभएको ठहर गरेको छ ।
प्रदेश नं २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले उनी अंगरक्षकसहित सदनमा प्रवेश गर्नु संसदीय मर्यादा विपरीत भएको जिकिर गरे । काँग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवले प्रदेशसभामा सम्बोधन गरेर प्रधानमन्त्रीले नियन्त्रण गर्न खोजेको आरोप लगाए ।