राजनीति

प्रधानमन्त्री ओली संघीयताका मूख्य बिरोधी हुन्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन कुमार थापाले प्रधानमन्त्री ओलीलाई कडा झटारो हानेका छन् । मंगलबार प्रतिनिधीसभामा बोल्दैँ नेता थापाले ओलीलाई प्रदेश सभा बैठक डुल्न छोडेर काम गर्न भनेका हुन् ।

‘म प्रधानमन्त्रीलाई आग्रह गर्छु, प्रदेशसभा प्रदेशसभा डुलेर उपदेश दिन छाड्नुस् । अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्नुस् । गर्नु पर्ने काम गर्नुस्’ नेता थापाले भने ‘यति मात्र बुझिदिए पुग्छ । संघीयता असफल, प्रधानमन्त्री सफल बन्नुहुन्न । संघीयताको असफलता प्रधानमन्त्रीको पनि असफलता हुन्छ ।’

नेता थापाले प्रधानमन्त्री ओलीले संघीयता विरोधी चरित्र देखाएको आरोप लगाएका समेत लगाएका छन् । झापाका कम्युनिष्ट नेता खड्गप्रसाद ओलीलाई संघीयताको विरोध गर्न पाउने छुट छ, थापाले भने, तर प्रधानमन्त्री ओलीलाई त्यो छुट छैन् ।’

स्थानिय सरकार सञ्चालन ऐन २०७४ बनेपनि नियमावली नबनेकाले करमा समस्या देखिएको उनको भनाई थियो । उनले जथाभावी कर उठाउने अर्थमन्त्रीलाई सरकारले सफल अर्थमन्त्री मानेको आरोप लगाए ।